काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रमा प्रष्ट सुधार भएको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले आफू सरकारमा आएको एक वर्षमै अर्थतन्त्रको आकार ४ खर्ब बढेर ६१ खर्ब रुपैयाँ पुगेको बताउनु भएको हो।

‘अर्थतन्त्रमा प्रष्ट सुधार’ सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘हामी सरकारमा आएको एक वर्षमा अर्थतन्त्रको आकार ४ खर्ब बढेर ६१ खर्ब पुगेको छ। राजश्व गत वर्षको भन्दा १ खर्ब ८ अर्ब बढेको छ। पूँजीगत खर्च अघिल्लो वर्षभन्दा ३६ अर्ब बढी । आर्थिक वृद्धिदर ४.६१ प्रतिशत प्रक्षेपण, अघिल्लो वर्ष ३.८७ प्रतिशत ।’
देशको अर्थतन्त्रको आकार एक वर्षमै ४ खर्ब रुपैयाँले वृद्धि भएको हो। अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष अर्थतन्त्रको आकार ४ खर्ब रुपैयाँले बढेको हो। गत आर्थिक वर्षमा ५७ खर्ब रुपैयाँ रहेको अर्थतन्त्र चालु आर्थिक वर्षमा ६१ खर्ब रुपैयाँ पुगेको हो।
राजस्व संकलनमा समेत वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा १ खर्ब ८ अर्ब रुपैयाँले बढी राजस्व उठेको छ । गत वर्ष ९ खर्ब ८९ अर्ब रुपैयाँ राजस्व उठाएको सरकारले चालु आर्थिक वर्ष १० खर्ब ९७ अर्ब रुपैयाँ राजस्व उठाएको जनाएको छ ।
अर्थ मन्त्रायले पूँजीगत खर्चमा समेत वृद्धि भएको जनाएको छ। यही असार २६ सम्म २ खर्ब ८ अर्ब रुपैयाँ पूँजीगत खर्च भएको हो । जुन गत वर्षको तुलनामा ३६ अर्ब रुपैयाँले बढी रहेको छ।
अथिल्ला वर्षको दायित्व ३० अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी गरेको अर्थ मन्त्रालयले जनाएको छ । भुक्तानीको समस्या साम्य भएको सरकारको दाबी छ ।







प्रतिक्रिया