काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक गतिविधि बढाउने गरी मौद्रिक नीति ल्याउनुपर्ने सुझाव दिनुभएको छ।
बजेटसँग समन्वय मिल्ने गरी मौद्रिक नीति आउने विश्वास रहेको अध्यक्ष ढकालले बताउनुभयो।
निजी क्षेत्रले दिने सुझाव व्यक्तिगत फाइदाको रुपमा लिने सोचले चाहिनेभन्दा बढी कडाइ गर्दा आर्थिक क्षेत्र चलायमान हुन नसकेको बताउनुभयो।
अध्यक्ष ढकालले बजेटकै नीति र कार्यक्रमअनुसार कार्यान्वयन हुनुपर्ने बताउनुभयो। उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले दिएको सुझाव अनुसार ३० वटा कानुन परिवर्तन भइसकेको बताउनुभयो।







प्रतिक्रिया