काठमाडौं-काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ।
महानगर प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा शुक्रबार स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले खर्च र आम्दानीको आधारमा आगामी वर्षको लागि सीमा निर्धारण गरेको हो।
चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ।







प्रतिक्रिया