काठमाडौँ-राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनटीसी) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध १५ करोड ८८ लाख ५० हजार रुपिँयाको भष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौँमा १५ करोड ८८ लाख ५० हजार रुपिँयाको भष्टाचार मुद्दा दायरा गरेको जानकारी दिनुभयो।
मुद्धा दायरा हुनेमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल र कम्प्युटर इन्जिनियर रामशरण गायक हुनुहुन्छ। त्यसैगरी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, वर्ल्ड डीष्ट्रीव्युसन नेपाल प्रा लि कान्तिपथ, काठमाडौँ र उक्त कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठविरुद्ध मुद्दा दायरा भएको पौडेले बताउनुभयो ।
२०७६ माघ १५ भएको ठेक्का सम्झौतामा उच्च गति कम्प्युटिङ उपकरण खरिद गर्ने व्यहोरा राखेर कमसल गुणस्तरको उपकरण खरिद गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा अनियमिता भेटिएको अख्तियारको ठहर छ।
आव ०७६/७७ मा उच्च कम्प्युटिङ पूर्वाधारको आपूर्ति, ढुवानी, जडान तथा परीक्षण सञ्चालनका लागि भन्दै राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट भएको ठेक्का सम्झौतामा १५ करोड ८८ लाख ५० हजार भ्रष्टाचार भएको ठहर गर्दै सोही बराबरको बिगो कायम गरेर तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित ६ जनालाई भ्रष्टचार निवारण ऐन २०५९ अनुसार कारबाही गर्न अख्तियारको माग छ।






प्रतिक्रिया