इलाम-प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गर्नुभएको छ। माई नगरपालिका-२ दानाबारीमा निर्मित १५ शय्याको ‘माई नगर अस्पताल’को उद्घाटन गर्नुभएको हो।
सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गर्नुभयो। यसैगरी बृहत् खानेपानी आयोजनाको शिलान्यास गर्नुभयो।
पालिकाका १७६ अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरिएको छ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले तीन तहको सरकारको समन्वयमा विकास निर्माणका काम भइरहको उल्लेख गर्दै देखिएका अरु समस्याको समाधानमा थप केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मदन भण्डारी राजमार्ग यसै नगरपालिकाबाट जाने भएकोले आधुनिक तरिकाबाट व्यावसायिक उत्पादन र खेती तथा बजार विस्तारमा लाग्न स्थानीयबासीलाई आग्रह गर्नुभयो।







प्रतिक्रिया