अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस वर्षको जनार्दन मैनाली पत्रकारिता पुरस्कार सुदिप कोइरालालाई प्रदान गरिने

यस वर्षको जनार्दन मैनाली पत्रकारिता पुरस्कार सुदिप कोइरालालाई प्रदान गरिने


विराटनगर – युवा पत्रकार सुदीप कोइरालालाई यसवर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ।

प्रेस चौतारी मोरङको आजको बैठकले विराटनगर कार्यथलो बनाएर पत्रकारिता गरिरहेका कोइरालालाई पुरस्कृत गर्ने निर्णय लिएको हो । पुरस्कारको राशि १५ हजार ५ सय रूपैयाँ छ ।

चौतारी मोरङ अध्यक्ष चीना थापाका अनुसार पुरस्कार छनोटका लागि गठित ३ सदस्यीय समितिले पत्रकार कोइरालाको नाम सिफारिस गरेको थियो । सिफारिसमा परेको नामलाई बैठकले अनुमोदन गरेको हो ।

उक्त छनोट समितिको संयोजकमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज सुमन सुस्केरा हुनुहुुन्थ्यो । कोइराला कोशी सन्देश डटकका कार्यकारी सम्पादक तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष हुनुुहुन्छ ।

पत्रकारितामा करिब २ दशकदेखि सक्रिय उनी प्रेस चौतारी मोरङका पूर्वअध्यक्षसमेत हुनुहुन्छ । विशेष कार्यक्रमको आयोजना गरेर साउन दोस्रो साता पुरस्कार वितरण गरिने जानकारी अध्यक्ष थापाले दिनुभयो ।

विक्रम संवत २०६६ मा स्थापना गरिएको यो पुरस्कार यसअघि दीपेन न्यौपाने, महेन्द्र विष्ट, नरेन्द्रप्रसाद दाहाल, बन्धु पोखरेल, केदार चौहान, ललिता भट्टराई, विक्रम लुइँटेल, धर्मराज ढकाल, भूपेन्द्र तिम्सिना, गणेश लम्साल, रामचन्द्र अधिकारी, इन्दिरा भट्टराई, कमल पौडेल, जगन्नाथ भट्टराई, तेजेन्द्र भण्डारी र बाबुराम भण्डारीलाई प्रदान गरिसकिएको छ ।