अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंबाट दाङ जाँदै गरेको बस दुर्घटना हुँदा २९ जना घाइते

काठमाडौंबाट दाङ जाँदै गरेको बस दुर्घटना हुँदा २९ जना घाइते


काठमाडौं‍-काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।

काठमाडौंदेखि दाङ जाँदै गरेको बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा रहेको बेल नदी नजिकै दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले जनाएको हो।

लु.प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा तीन जनको अवस्था गम्भीर रहेको प्रहरीले बताए। गम्भीर घाइते भएकालाई बुटवल लगिएको छ भने बाँकी घाइतेको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ।