अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज एमाले केन्द्रीय विभागहरूको संयुक्त भेला

आज एमाले केन्द्रीय विभागहरूको संयुक्त भेला


काठमाडौं-नेकपा (एमाले)ले आज केन्द्रीय विभागहरूको संयुक्त भेला आयोजना गरेको छ। पार्टीको आगामी भदौ २०–२२ सम्म आयोजना गरिने दोस्रो विधान महाधिवेशन र साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकका सन्दर्भमा भेला आयोजना गरिएको हो।

दिउँसो ३ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल ललितपुरमा हुने भेलामा पार्टीका सबै केन्द्रीय विभागका प्रमुखहरू, सचिवहरू र सदस्यहरूको उपस्थिति अनिवार्य रहेको पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताउनुभयो ।

यसअघि नेकपाले गएको बिहीबार जनसंगठनहरुको भेला गरेको थियो।