अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं महानगरपालिकाले आज बजेट ल्याउँदै

काठमाडौं महानगरपालिकाले आज बजेट ल्याउँदै


काठमाडौँ-काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज ल्याउने भएको छ। शुक्रवार बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले आज (आइतबार) दिउँसो २ बजे नगरसभा गर्ने निर्णय गरेको हो।

शुक्रबार बसेको कार्यपालिका बैठकमा २०८२ असार २९ गते  बजेट ल्याउने निर्णय महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले बताउनु भएको थियो। बजेटको मिति घोषणा अघि महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले पूर्वाधारमा बजेट थप्ने निर्णय गरेको थियो।

प्रमुख बालेनको अध्यक्षतामा महानगरको कार्यालय काठमाडौँ प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब ११ करोड निर्धारण गरेको थियो।

आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ।