अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थालेको काम सक्नु सरकारको प्राथमिकता: प्रधानमन्त्री ओली

थालेको काम सक्नु सरकारको प्राथमिकता: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार बनेपछि सुरु गरिएका काम र अधुरा विकास योजनाहरू सम्पन्न गर्ने कार्यलाई प्राथमिकतामा रहेको बताउनुभएको छ।

आज सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री ओलीले सिद्धबाबा सुरुङमार्गको निर्माण कार्य एक वर्षमा ४३ प्रतिशतले अगाडि बढेको जानकारी दिनुभएकाे छ। 

प्रधानमन्त्री ओलीले योजनाको याे प्रगति सकारात्मक रहेको उल्लेख गर्नुभएको छ। ‘हामीले सरकारमा आएपछि भनेका थियौँ- हाम्रो मुख्य जोड थालेका काम सक्ने हो, सिद्धबाबा सुरुङमार्गको काम एक वर्षयता ४३ प्रतिशतले प्रगति भएको छ,’ प्रधानमन्त्री ओलीले लेख्नुभएकाे छ। 

प्रधानमन्त्री ओलीले एमालेको नेतृत्वमा रहेको सरकारले सुरु गरेका धेरै योजनाहरू विभिन्न कारणले अलपत्र परेको अवस्थामा ती योजनाहरूलाई पुनः गति दिन आफूहरू लागिपरेको बताउँदै आउनुभएकाे छ। प्रधानमन्त्री ओलीले पूर्वाधार विकास स्थायित्व, निरन्तरता र प्रभावकारी कार्यान्वयन बिना सम्भव नहुने धारणा राख्दै आउनुभएकाे छ। 

प्रधानमन्त्री ओलीले बजेटको सदुपयोग, प्राविधिक क्षमता वृद्धि, र परियोजना अनुगमनलाई सुदृढ गर्दै योजना सम्पन्नतामा सरकार गम्भीर रहेको धारणा सार्वजनिक रुपमा राख्दै आउनुभएकाे छ। 

प्रधानमन्त्री ओलीले सुरुङमार्गजस्ता महत्वपूर्ण आयोजनाहरू समयमै सम्पन्न गरेर जनतालाई सुविधा दिन सकिने विश्वास व्यक्त जनतालाई सास्ती दिने होइन, सुविधा दिने परियोजना सरकारको प्राथमिकतामा रहेकाे स्पष्ट पार्दै आउनुभएकाे छ।