झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालै सम्पन्न स्पेन भ्रमणबारे ‘मान्छे छाडेर आयो’ भन्ने जस्ता भ्रामक र झुटा प्रचार गरेको बताउनुभएको छ।
प्रधानमन्त्री ओलीले स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्न नियोजित रूपमा गलत सूचना फैलाइएको दाबी गर्दै यस्ता कुराप्रति प्रतिक्रिया दिनुपर्ने आवश्यकता नरहेको बताउनुभयो।
प्रधानमन्त्री ओलीले आज झापाको दमक नगरपालिकाअन्तर्गत मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हाे। प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘स्पेनमा मान्छे छाडेर आयो भन्ने हल्ला झुटो र गलत हो,’ प्रधानमन्त्री ओलीले भने,‘यस्ता विषयमा जवाफ दिन जरुरी ठान्दिनँ, भ्रमण उद्देश्यपूर्ण र सफल रह्यो।’
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै स्पेन गएका मानिसहरू नफर्किएको भनेर भ्रामक र झुटा प्रचार गर्नुभएको थियो।
विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो। रु.४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ।
प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेको जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने घोषणा पनि गर्नुभयो ।
प्रधानमन्त्री ओलीले हरेक क्षेत्रमा सुधार ल्याउने योजनाबमोजिम स्वयंसेवी भावनाका साथ महत्त्वपूर्ण विषयमा निस्शुल्क अनलाइन कक्षा संचालन गरेपछि यस वर्ष एसइइमा नतिजा १३ प्रतिशतले सुधार आएको बताउनुभयो।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व मुख्यमन्त्रीहरु शेरधन राई, उद्वव थापालगायत सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेको जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने घोषणा पनि गर्नुभयो ।







प्रतिक्रिया