अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विनाको नेपालको सपना देख्नेको सपना पूरा हुँदैन: प्रधानमन्त्री ओली

एमाले विनाको नेपालको सपना देख्नेको सपना पूरा हुँदैन: प्रधानमन्त्री ओली


झापा-प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विनाको नेपालको सपना देख्नेहरुको सपना पूरा नहुने बताउनुभएको छ। एमाले झापा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो।

केपी ओली र एमाले विना नेपालको सपना देख्न चाहने प्रतिक्रियावादीहरुको खेल भएको टिप्पणी गर्दै उहाँले पार्टीभित्र र बाहिरबाट भइहेको षड्यन्त्र चिर्दै ढुक्कका साथ पार्टीको सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह गर्नुभयो।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न दत्तचित्त भएर लाग्ने पार्टी एमाले मात्रै रहेको बताउनुभयो।

‘एमाले विनाको देश र केपी ओली विनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पुरा हुँदैन। एमाले साना स्वार्थ बोक्ने पार्टी होइन। यसको काँधमा देश बनाउने महान उद्देश्य छ। यो राष्ट्रिय हितका लागि बलिदानबाट आएको पार्टी हो। अध्यक्ष ओलीले भन्नुभयो, ुएमालेविरुद्ध जाल बुन्नेहरु सफल हुँदैनन्। माकुरोको जालोमा कहिल्यै भैसी पर्दैन। हाम्रा विरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन। केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन। हामी सहकारी ठगेर मुद्दा  झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो हुँदै होइन।’

प्रधानमन्त्री ओलीले ठूला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताउनुभयो।