अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओली नेतृत्वको सरकार बनेपछि देशमा धेरै विकास भएको छ: अच्युतप्रसाद मैनाली

केपी ओली नेतृत्वको सरकार बनेपछि देशमा धेरै विकास भएको छ: अच्युतप्रसाद मैनाली


काठमाडौं- नेपका एमालेका पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य अच्युतप्रसाद मैनालीले स्थायित्व, समृद्धि र सुशासनको लक्ष्यसहित केपी शर्मा ओली नेतृत्व सरकारले पुष्टि गरेको बताउनुभएको छ। उहाँले सक्षम, अनुभवी र दृढ इच्छा शक्ति भएको राजनीतिक नेतृत्वमा सरकार सञ्चालन भएमा परिवर्तन सम्भव छ भन्ने प्रधानमन्त्री ओली नेतृत्व सरकारले पुष्टि गरेको बताउनु भयो। साथै उहाँले तथ्य र सूचकांकले सावित पनि गरेको बताउनुभयो।  

आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद मैनालीले यस्तो बताउनुभएको हो । 

सांसद मैनालीले नेकपा एमाले र नेपाली कांग्रेसबीचको ७ बुँदे सहमतिमा केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभएको आज (असार २९ गते) एक वर्ष पूरा भएको बताउनुभयो। यसै सन्दर्भमा सांसद मैनालीले सदनको विशेष समयमा राख्नुभएको विचार-

एउटा भनाइ छ,

कसैको मुख बोल्छ

कसैको व्यवहार बोल्छ

कसैको मौनता बोल्छ

कसैको घमन्ड बोल्छ

तर अन्तमा एकदिन सबैको कर्म बोल्छ, 

सांसद मैनालीले राजनीतिक स्थिरता कायम गर्ने, संविधान संशोधन गर्ने र आमनागरिकलाई सुशासनसहितको सेवा प्रवाह गर्ने प्रतिबद्धतासहित केपी ओली प्रधानमन्त्री बनेको स्मरण गराउनुभयो।

प्रधानमन्त्री ओलीले पहिलो मन्त्रीपरिषद् बैठकबाट काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान फलर्ड लाइटसहित तीन सय दिनभित्र निर्माण सक्ने घोषणा बमोजिम अहिले निर्माणको अन्तिम चरणमा पुगेको सांसद मैनालीले  बताउनु भयो। उहाँले भन्नुभयो, ‘जसले क्रिकेट प्रेमी,  नेपाली खेल प्रेमी दर्शक तथा खेलाडीहरु उत्साही बनको छन्।’

सात राजनैतिक दल र तत्कालीन सशस्त्र द्वन्दरत पक्षबीच भएको १२ बुंदे सहमति अनुरुप शान्ति प्रक्रियामा थाती रहेका संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन वर्तमान सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विषयमा कानुन निर्माण गरेर आयोग गठन गर्नुको साथै प्रक्रिया अगाडी बढाएको सांसद मैनालीले बताउनुभयो।

स्थिर सरकारको अनुभुतिका कारण विदेशी लगानी, सहायता तथा सहयोग बृद्धि भै शेयर कारोवार निरन्तर बढिरहेको सांसद मैनालीले बताउनुभयो।

केपी ओली प्रधानमन्त्री बन्नुभएपछि दैलेख जिल्लाको पेट्रोलियम पदार्थको उत्खनन, ललितपुरको ग्वार्को ओभरपास, नागढुङ्गा, सिद्धबाबा सुरुङ्ग निर्माणको तिब्रता र नारायणगढ बुटवल सडक तथा मुग्लिन-पोखरा सडकको निर्माणको तिब्रताले पुर्वाधार निर्माणले गति लिएको सांसद मैनालीले बताउनु भयो।

नेपाली सेनाले निर्माण गरिरहेको फास्ट ट्रयाक २०८४ मा संचालनमा आउने सुनिश्चितता र निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण भइ संचालनमा ल्याउन सके आधुनिक र समृद्ध  नेपाल निर्माणको कोशे ढुंगा सावित भएको सांसद मैनालीले बताउनु भयो।

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिले १६औ योजना, बजेट र वित्तिय नीतिसँग तादाम्यता कायम गरी अर्थतन्त्रलाई गति दिने अपेक्षा गरेको सांसद मैनालीले बताउनुभयो। सांसद मैनालीले भन्नुभयो, ‘यसवाट बजार र निजी क्षेत्र समेत उत्साहित भएको छ। यो लचिलो नीतिलाई दृढतापुर्वक कार्यान्वयनमा लगी उतपादन, उतापदकत्व, रोजगारी वृत्ति गरी अर्थतन्त्रलाई सकारात्मक लयमा ल्याउन थप भूमिका निर्वाह गर्ने छ। मुद्रास्फिति २.७ प्रतिशतमा सीमित भएकाले महङ्गी नियन्त्रण हुन गैरहेको छ। विदेशी मुद्रा सञ्चिति रु २५ खर्व ६९ अर्व ३८ करोड रही १४.७ महिनाको वस्तु तथा सेवाको आयात धान्ने गरी प्रयाप्त सञ्चिति रहेकाले आयात तथा निर्यात र विदेशी मुद्रा भुक्तानीमा सहजता छ। क्षेत्रगत कर्जा, विपन्न कर्जा र सहुलियतपूर्ण कर्जा प्रवाहको व्यवस्था भएवाट न्युन पुँजी र आय भएका वर्गलाई व्यवसाय तथा उद्यम गर्ने सहज हुने भएको छ।’

घरजग्गा कारोवारलाई चलायमान वनाई अर्थतन्त्रमा सुधार ल्याउन निजि आवासीय घर निर्माण तथा खरिद गर्न कर्जाको सीमा २ करोडवाट बढाई ३ करोड पुगेको सांसद मैनालीले बताउनुभयो। छ । सांसद मैनालीले भन्नुभयो,  ‘यसको सीमा ८० प्रतिशतसम्म हुने नीति छ। शेयर धितोमा प्रवाह हुने कर्जा विस्तार १५ करोडवाट २५ करोड भएवाट लगानीकर्तालाई सहजीकरण भएको छ। विदेशी लगानी आकर्षित गर्न साँवा, व्याज र लाभांश लगायत फिर्ता लैजाने प्रावधानवाट थप विदेशी लगानी आकर्षित हुनेछ ।विदेशी लगानी आकर्षित गर्न साँवा, व्याज र लाभांश लगायत फिर्ता लैजाने प्रावधानवाट थप विदेशी लगानी आकर्षित हुने छ।’

भारत बाहेक अन्य मुलुकमा भ्रमणमा जाने नेपालीलाई रकम व्यवस्थापन गर्न सहज होस भनेर प्रतिपटक अमेरीकी डलर ३ हजार सटही सुविधा दिने भएको सांसद मैनालीले बताउनुभयो । सांसद मैनालीले भन्नुभयो,  ‘बैंकमा ग्राहकको प्थ्ऋ अध्यावधिक गर्न राष्ट्रिय परिचयपत्र मर्फत गरिने हुदाँ सही ग्राहक पहिचान भै बैंकमा हुने गलत कारोवारलाई दुरुत्साहन हुने भएको छ। पुँजिगत खर्च गतसाल ५७ प्रतिशत रहेकोमा यस वर्ष ५९.५९ प्रतिशत रहेको छ।’

सांसद मैनालीले प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा सकारात्मक पहल गर्नुभएको बताउनुभयो । सांसद मैनालीले भन्नुभयो,  ‘संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिका पुग्दा होस् या थाइल्यान्ड र स्पेनको भ्रमण गर्दा नै किन नहोस् उहाँले सकारात्मक सन्देश छाड्नु भएको छ । नेपाल जस्तो भूपरिवेष्ठिक मुलुकले भोग्नु परेका समस्या र जलवायु परिवर्तनले हाम्रा हिमालहरु पग्लने र त्यसले पारेका असरको सम्बन्धमा अन्तर्राष्ट्रिय मन्चमा सम्माननीय प्रधानमन्त्रीले सशक्त तवरले  आफ्नो धारणा राख्नु भएको छ  ।’

सांसद मैनालीले संघीयता कार्यान्वयनका लागि महत्त्वपूर्ण मानिएको निजामती कर्मचारी विधयेक ,विद्यालय शिक्षा विधेयक , प्रहरी विधेयक  र भूमी सम्बन्धी विधयेकलाइ  सरकारले उच्च प्राथमिकताको राखी चालू अधिवेशनबाट पारित गर्ने गरी तयारी अगाडी बढाएको बताउनुभयो। 

सांसद मैनालीले भन्नुभयो,  ‘भूमि समस्या समाधान आयोग गठन भई आयोगले गरेको अध्ययन र सिफारिस अनुरुप भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा  वितरणको प्रक्रिया अगाडी  बढेकोछ र वर्षौ देखि जोतभोग गर्दै आएका भूमिहीन सुकुम्बासीलाई जग्गाको मालिक बनाएको छ ।  मुटु, क्यान्सर, मृगौला ,हेड इन्जुरी लगायत जटिल प्रकारका विभिन्न ८ रोगका विरामीले एक लाख रुपैया उपचार खर्च पाएकामा अब त्यो दोब्बर भएको छ ।’