काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एक वर्षमा देशका आर्थिक सूचकहरु सकारात्मक दिशातर्फ अघि बढेको बताउनुभएको छ।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको बताउनुभयो। यस अघि समय सीमा (टाइमलाइन) तोकेर काम गर्ने प्रचलन नरहेकोमा अहिले त्यसको सुरुवात भएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ।
‘टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने चलन यस अघि थिएन,अहिले त्यो सुरुवात भएको छ’ प्रधानमन्त्रीले लेख्नुभएको छ, ‘नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानुनहरु संसोधन भएका छन्।’
प्रधानमन्त्री ओलीले सेवा प्रवाह अब लाइनबाट होइन अनलाइनबाट गर्ने प्रचलन बढेको पनि उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री ओलीले लेख्नुहुन्छ, ‘गर्नुपर्ने कामहरु धेरै छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ।’
गतवर्ष असार ३० गते नेपाली काँग्रेस लगायतका दलसँगको गठबन्धनमा सरकार गठन भएको थियो।








प्रतिक्रिया