अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनसरीमा भिनाजुले गोली हानी १७ वर्षीया सालीको हत्या

सुनसरीमा भिनाजुले गोली हानी १७ वर्षीया सालीको हत्या


सुनसरी-सुनसरीको हरिनगर गाउँपालिका-६, घुस्कीमा गएराति भिनाजुले गाेली हानेर सालीकाे हत्या गरेका छन्। १७ वर्षीया किशोरी अर्चना खातनुको गएराति आफ्नै भिनाजुले गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो ।

घरेलु विवाद हुँदा भारत अररिया घर भएका २५ वर्षीय आजाज मियाँले गोली प्रहार गरेका जनाइएको छ। गोली प्रहारबाट अर्चनाको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो। गोली प्रहार गरेलगत्तै आरोपी मियाँ फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ। भारतको सुपौल र सुनसरीको हरिनगर नाकासहित सीमावर्ती क्षेत्रमा खोजतलास र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ।