अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निरोगी नेपाल अभियानलाई सार्थक बनाऔँ: प्रधानमन्त्री ओली

निरोगी नेपाल अभियानलाई सार्थक बनाऔँ: प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ‘निरोगी नेपाल’को नाराका साथ काम गरिरहेको बताउनु भएको छ। 

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो।

प्रधानमन्त्री ओलीले भन्नुभयो कार्यक्रममा, ‘सरकारले ‘निरोगी नेपाल’को नाराका साथ काम गरिरहेको छ। सकेसम्म  बिरामी नहुने गरी आहार, विहार र आराममा ध्यान दिने र बिरामी भइहालेमा गुणस्तरीय र सुलभ रूपमा सेवा दिने काम भएको छ।’

भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्वसका प्रवेशका अवसरमा महाराजगञ्जमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो भवनको उद्घाटन गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले दुःख गरेर धन कमाएर सामाजिक काममा दान गर्ने भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ  र सावित्री गुरुङको उच्च प्रशंसा गर्नुभयो। “