अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआईसी एसिया बैंक र ई.स्टप नेपालबीच ग्राहकलाई १० प्रतिशत छुट दिने सम्झौता

एनआईसी एसिया बैंक र ई.स्टप नेपालबीच ग्राहकलाई १० प्रतिशत छुट दिने सम्झौता


काठमाडौं-एनआईसी एसिया बैंक र ई.स्टप नेपाल प्रा.लि.बीच बैंकका ग्राहकहरुलाई रेस्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट दिने सम्झौता भएको छ। 

 सम्झौताअनुसार अब एनआईसी एशिया बैंकका ग्राहकले ई.स्टप नेपालद्वारा सञ्चालित रेष्टुरेन्टमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट पाउने भएका छन्।

ई.स्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेष्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरुमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा उक्त छुट सुविधा उपभोग गर्न सकिनेछ। 

ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा लिन सकिनेछ। 

दी गो ग्रुप अफ कम्पनीअन्तर्गत रहेको ई.स्टप नेपालसँगको यस सहकार्यले मुलुकमा डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रवद्र्धनमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ।