काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । ७८ लाख रुपैंया घुस काण्डमा मुछिएका गुप्ताले केहीब्ेर अघि पदबाट राजीनामा दिनुभएको हो ।
आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाइसकेको उहाँले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको छ ।
‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ’, गुप्ताले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ , ‘ कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ । म अहिले त्यसैको सिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु ।’
गुप्ताले प्रविधिको प्रयोग गरेर आफूलाई फसाइएको समेत दाबी गर्नुभएको छ । उहाँले राजीनामा दिएसँगै अब फेरि देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाको साथ पुरा गर्ने समेत उल्लेख गर्नुभएको छ।






प्रतिक्रिया