अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट: ३ अर्ब १९ करोड बजेट स्वीकृत

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट: ३ अर्ब १९ करोड बजेट स्वीकृत


काठमाडौँ-पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको १५औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु.तीन अर्ब १९ करोड ४६ लाखको बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्राडा पारशकुमार आचार्यद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत भएको हो।

कुलपति ओलीले बेरुजु फस्र्यौटलाई अझै तीव्रता दिन र गुणस्तरीय सेवा दिन आग्रह गर्नुभयो। कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय (प्रतिष्ठान)हरुले नयाँ आर्थिक वर्ष लाग्नु अगावै आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिको क्रम जारी रहेको छ।