काठमाडौँ-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। भारतबाट इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर नयाँ सूचि पठाएपछि निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, डिजेल र मट्टीतेलमा १/१ रुपैयाँले बुधवार राति १२ बजेदेखि लागू हुने गरेर घटाएको हो।
यससँगै, पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १५७ रुपैयाँ, दोस्रो वर्गमा प्रतिलिटर १५९ रुपैयाँ र तेस्रो वर्गमा १६० रुपैयाँ प्रतिलिटर कायम भएको छ। यता पहिलो वर्गमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ, दोस्रो वर्गमा १४७ रुपैयाँ र तेस्रो वर्गमा प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ।








प्रतिक्रिया