अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरको यी क्षेत्रमा तीन रात टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध हुने (सूचनासहित)

ललितपुरको यी क्षेत्रमा तीन रात टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध हुने (सूचनासहित)


काठमाडौँ-नेपाल टेलिकमले ललितपुरको पाटन क्षेत्रका विभिन्न स्थानमा फाइबर तार जडान गर्न लागेकोले सेवा अवरुद्ध हुने जनाएको छ। दूरसञ्चार कार्यालय, पाटनले नेटवर्कको आन्तरिक मर्मत-सम्भार कार्य गर्नुपर्ने भएकाले तीन दिनसम्म रात्रिकालीन समयमा सेवा बन्द हुने भएको हो। 

आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म पाटन कार्यालय अन्तर्गतका मच्छिन्द्रबहाल, लगनखेल, ताल्छिखेल, पाटन औधोगिक क्षेत्र, सातदोबाटो चक्रपथभित्र टेलिफोन, इन्टरनेट र टिभी सेवा अवरुद्ध हुने टेलिकमले जनाएको छ।

त्यसैगरि भोलि (साउन १ गते) पनि सोही समयमा ललितपुरको च्यासल, चाकुपाट, ज्वागल र पुल्चोक क्षेत्रमा सेवा अवरुद्ध हुने छ। 

साउन २ गते जाउलाखेल, एकान्तकुना खरिबोट, मनिमण्डल, सानेपा र धोबिघाट क्षेत्रमा  टेलिफोन, इन्टरनेट र टीभी सेवा अवरुद्ध हुने छ। 

निर्धारित समयभन्दा अघिपछि पनि सेवा सुचारु नभएमा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न पनि कार्यालयले सबैमा अनुरोध गरेको छ।