अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीद्वारा साउने सङ्क्रान्तिको शुभकामना

प्रधानमन्त्री ओलीद्वारा साउने सङ्क्रान्तिको शुभकामना


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालकाे साउने सङ्क्रान्ति पर्वको अवसरमा शुभकामना दिनुभएकाे छ।

बिहीबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले साउने धरती झैं सबैका मनमा हरियाली छाओस्, मनमा मेघजस्तो शीतलता भरियोस् भन्दै शुभकामना दिनुभएकाे छ।

प्रधानमन्त्री ओलीले भन्रनुभएकाे छ, ‘आज साउने सङ्क्रान्ति । साउने सङ्क्रान्तिपछि हाम्रा चाडपर्वहरू आउन थाल्छन्, साउनमा शिवको व्रत पूजा गरिन्छ । साउने धरती झैं सबैका मनमा हरियाली छाओस्, मनमा मेघजस्तो शीतलता भरियोस् । साउने सङ्क्रान्तिको शुभकामना !!’