काठमाडौं–विधान महाधिवेशनको तयारीबारे छलफल गर्न नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा एमाले पार्टी मुख्य कार्यालय च्यासल, ललितपुरमा सचिवालयको बैठक सुरु भएको हो।
बैठकमा विधान महाधिवेशनको तयारी बारे साथै विविध विषयहरुमा छलफल र निर्णयहरु हुने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।
विधान संसोधनको प्रस्तावका खाकाहरु आजको बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रष्तुत गर्नुहुने नेता गौतमले बताउनु भयो। पौडेललाई यस अघि नै विधान संसोधन समितीको संयोजक तोकिएको थियो।
आजको बैठकमा अध्यक्ष ओलीले प्रष्तुत गर्ने राजनीतिक प्रतिवेदन,महासचिवल शंकर पोखरेलले प्रष्तुत गर्ने साँगठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुने गौतमले जानकारी दिनुभयो।

आजको बैठकले २०८२ साउन २ गते बस्ने पार्टी पोलिटव्यूरोको र साउन ५ गते बस्ने केन्द्रीय कमिटीका कार्यसूचि पनि तय गर्नेछ। यसैगरी सरकारको एक वर्षे कार्यकालको समिक्षा पनि आजको बैठकको कार्यसुची रहेको गौतमले जानकारी दिनुभयो ।









प्रतिक्रिया