अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

च्यासलमा एमाले सचिवालय बैठक जारी

च्यासलमा एमाले सचिवालय बैठक जारी


काठमाडौं-नेकपा (एमाले)को सचिवालय बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसिरहेको हो।

बैठकमा विधान महाधिवेशनको तयारी बारे साथै विविध विषयहरुमा छलफल र निर्णयहरु हुने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

आजको बैठकमा अध्यक्ष ओलीले प्रष्तुत गर्ने राजनीतिक प्रतिवेदन,महासचिवल शंकर पोखरेलले प्रष्तुत गर्ने साँगठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुने गौतमले जानकारी दिनुभयो।

आज बस्ने बैठकमा साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीका सन्दर्भबारे छलफल हुने छ। 

आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसैको तयारीका लागि पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाइएको हो।