काठमाडौँ-नेकपा एमालेले राष्ट्रियसभाको प्रमुख सचेतकमा गोपाल भट्टराईलाई मनोनीत गरेको छ। भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री बनेपछि उहाँको ठाउँमा गोपाल भट्टराईलाई प्रमुख सचेतकका रूपमा मनोनीत गरेको हो।
पार्टी विधान २०७७ र संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ बमोजिम भट्टराईलाई प्रमुख सचेतक पदमा २०८२ साउन १ गतेबाट लागू हुने गरी मनोनयन गरिएको हो ।
सांसद भट्टराईलाई मनोनयन गर्दै एमाले संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको पत्रमा भनिएको छ, ‘विधान बमोजिम आफ्नो काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक निर्वाह गर्नुहुने विश्वास लिएको छु।’
प्रधानमन्त्री ओलीले प्रमुख सचेतक पदमा नियुक्त भएकोमा भट्टराईलाई हार्दिक बधाई समेत दिनुभएको छ।








प्रतिक्रिया