काठमाडौँ-नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष हटाएर ११ जना पदाधिकारी राख्ने प्रस्ताव प्रस्तुत भएको छ।
पार्टीको जारी केन्द्रीय सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा सो विषय उल्लेख गरिएको छ। एक पदाधिकारीले यो बेला डटकमलाई दिएको जानकारी अनुसार एक अध्यक्ष, ३ उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, ५ सचिवको प्रस्ताव गरिएको हो। त्यस्तै संशोधित विधान प्रस्तावमा १९९ केन्द्रीय सदस्य रहने उल्लेख छ। एमालेमा अहिले वरिष्ठ उपाध्यक्षसहित १९ पदाधिकारी रहेका छन्।
उक्त प्रस्ताव माथी बरिस्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतले धारणाा राख्नुभएको छ। अन्य पदाधिकारीले धारणाा राख्ने क्रम जारी छ।







प्रतिक्रिया