अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले पोलिटब्युरो बैठक आज दिउँसो १ बजे बस्दै 

एमाले पोलिटब्युरो बैठक आज दिउँसो १ बजे बस्दै 


काठमाडौँ-नेकपा एमाले पोलिटब्युरो बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसाे १ बजे बस्न लागेकाे हाे।

यस अघि ललितपुरको च्यासलस्थित नेकपा एमाले केन्द्रीय कार्यालयमा शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको बैठक  बिहीबार राति अबेरसम्म सचिवालयको ४९औँ बैठक चलेका कारण शुक्रबारको बैठकको समय केही पर सारिएको हो।

बिहीबार सम्पन्न सचिवालयको ४९औँ बैठकले १५ जना पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी गठनको प्रस्ताव पारित गरेको थियो। बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधनसम्बन्धी प्रस्तावमा छलफल भएको थियो। सो छलफलमा विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस भएको थियो।

शुक्रबार बस्ने पोलिटब्युरो बैठकमा पनि विधान संशोधन तथा संगठनात्मक प्रस्तावहरूबारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयाे।

एमालेको नयाँ कार्यकाल, विधान संशोधन, पदाधिकारी, पोलिटब्युरो विस्तार लगायतका विषयमा छलफल गर्न बोलाइएको बैठकमा नेतृत्वले आगामी महाधिवेशन र सांगठनिक रणनीति पनि प्रस्तुत गर्ने तयारी गरेको छ। पोलिटब्युरो बैठक सकिएपछि पार्टी केन्द्रीय कमिटी बैठक बस्ने छ। केन्द्री कमिटी बैठकले पनि ती  विषय पास गरेपछि विधान अधिवेशनमा छलफलका लागि ती एजेण्डाले प्रवेश पाउने छन्।