अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

श्रमिकको सम्मानबिना समृद्धि सम्भव छैन: प्रधानमन्त्री ओली

श्रमिकको सम्मानबिना समृद्धि सम्भव छैन: प्रधानमन्त्री ओली

श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुने छ


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकोमा खुसी व्यक्त गर्नुभएकाे छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले श्रमबिना प्रगति सम्भव नहुने भन्दै श्रमिकको सम्मान बिना समृद्धि पनि सम्भव नहुने बताउनु भएकाे हाे।

‘श्रम बिना प्रगति सम्भव छैन र श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन।’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्रनुभएकाे छ, ‘यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चलेका थियौँ। त्यसमा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका छन्।’

श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुने प्रधानमन्त्री ओलीको भनाई छ। ‘अहिले सरकारले हिजो साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपैयाँ बनाउने निर्णय गरेको छ।’ प्रधानमन्त्री ओलीले भन्नभयाे, ‘श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुने छ। जय श्रमिक, जय नेपाल !’

सरकारले हिजो अर्थात २०८२ साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपैयाँ बनाउने निर्णय गरेको गरेकाे थियाे।

श्रम ऐन, २०७४ को दफा १०७ मा प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने व्यवस्था छ। यसअघि श्रमिक न्यूनतम पारिश्रमिक रु.१७ हजार ३०० थियो। 

साउन १ गतेदेखि लागू हुने गरी भएको सहमतिअनुसार अब श्रमिकको मासिक आधारभूत पारिश्रमिक रु.१२ हजार १७० र महङ्गी भत्ता रु.७ हजार ३८० हुनेछ। मन्त्रालयका अनुसार श्रमिकले दैनिक आधारभूत पारिश्रमिक रु.४७० र महङ्गी भत्ता रु.२८४ प्राप्त गर्नेछन् भने प्रतिघण्टा आधारभूत पारिश्रमिकरु ६३ र महङ्गी भत्ता रु.३८ हुनेछ। 

आंशिक समयमा मात्र काम गर्ने कामदारको हकमा प्रतिघण्टा न्यूनतम पारिश्रमिक रु १०७ हुने सहमति भएको छ।