अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिसन ८४ का लागि बलियो नेतृत्व सुनिश्चित भएको छ: शंकर पोखरेल

मिसन ८४ का लागि बलियो नेतृत्व सुनिश्चित भएको छ: शंकर पोखरेल


काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिसन-२०८४ का लागि बलियो नेतृत्व सुनिश्चित भएको बताउनुभएको छ। 

शुक्रबार सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै महासचिव पोखरेलले विधि निर्माणको अन्योल अन्त्य भएको उल्लेख गर्नुभएको छ। 

महासचिव पोखरेल सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘विधि निर्माणको अन्योल अन्त्य भएको छ । मिसन ८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो। त्यो सुनिश्चित भएको छ।’

हिजो बिहीबार सम्पन्न एमालेको सचिवालयले बैठकले दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिले मात्रै भदौमा हुने विधान महाधिवेशन सहभागी हुन पाउने निर्णय गरेको छ। यसैगरी बैठकले एमालेमा पदाधिकारीको संख्या १९ बाट १५ जनामा घटाउने भएको छ।

बैठकमा दोस्रो विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई

सचिवालयले बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न पार्टी सचिवालय बैठकले पार्टी विधान (२०७८ संशोधन)को धारा ६४ मा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने निर्णय गरेको हो।

बैठकमा दोस्रो विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई आज हुने पोलिटब्युरो बैठकमा पेस हुने र प्रस्ताव केन्द्रीय कमिटीमा लगिने जनाएको छ।

बैठकले पार्टी पदाधिकारीको संख्या १५ सहित ८४ सदस्यीय पोलिटब्युरो र केन्द्रीय कमिटीमा २५१ सदस्य रहने निर्णय गरेको छ। पोलिटब्युरो बैठक आज दिउँसाे १ बजे बस्ने तय भएकाे छ।