अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागेको छ: मन्त्री दाहाल

वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागेको छ: मन्त्री दाहाल


काठमाडाैँ-भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री सडक संरचना बनाउने कुरामा सरकारले ध्यान दिइरहेको बताउनुभएको छ। पूर्वाधार विकास समितिको आज बसेको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताउनुभएकाे हाे।

मन्त्री दाहालले संविधानले पनि र मन्त्रालयले पनि अपाङ्गमैत्री र वातावरणमैत्री सडक संरचना बनाउने कुरा गरेको भन्दै त्यसमा आफूहरू लागिरहेको उल्लेख गर्नुभयो। आकाशे पुल बनाउने कुरामा मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको उहाँले बताउनुभयाे । 

एडभान्स लिफ्ट नै राख्ने प्रस्ताव दातासँग राखेको पनि बताउनुभयाे। कतिपय ठाउँमा सडक विस्तारका लागि मुआब्जा दिन सक्ने अवस्था समेत नरहेको मन्त्री दाहालले बताउनुभयाे।