ललितपुर-डिशहोमले आयोजना गरेको पहिलो ‘डिशहोम सोलिडारिटी फुटसल कप २०२५’ सम्पन्न भएको छ। ललितपुरकाे भैँसेपाटीस्थित वन ट्री हिल फुटसलमा व्यावसायिक साझेदार कम्पनीहरूबीच असार १४ र २१ गते आयोजित फुटसल प्रतियोगितामा १४ कम्पनीलाई प्रतिनिधित्व गर्दै १७ टिम सहभागी भएका थिए।
समूह चरणको खेल समाप्ति पश्चात समूह “A” बाट Aqore Software Pvt. Ltd. र IME Limited, समूह “B” बाट अप्टिनेट सोलुसन र IME Cooperative Pvt. Ltd., समूह “C” बाट Nनेपाल डिजिटल सर्भिस र सीजी कम्युनिकेसन लिमिटेड र समूह “D” बाट DishHome Internet र Amnil Technology Pvt. Ltd. गरि जम्मा ८ ओटा टिम क्वाटर फाईनलमा स्थान सुरक्षित गर्न सफल भएका थिए।
सहभागी टिमलाई चार वटा समूहबीच विभाजन गरी समूहचरणको खेल खेलाइएको थियो। ‘स्वास्थ्य, सम्बन्ध र एकताका लागि खेल’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको फाइनल खेलमा सीजी कम्युनिकेसन लिमिटेडले नेपाल डिजिटल सर्भिसलाई पराजित गर्दै उपाधि हात पार्यो ।
सीजी कम्युनिकेसनका खेलाडी सुशील श्रेष्ठ र सलिन श्रेष्ठले पहिलो हाफमै गोल गर्दै टोलीलाई अग्रता दिलाए भने दोस्रो हाफमा थप गोल गर्दै जित सुनिश्चित गरे। तेस्रो स्थानका लागि भएको खेलमा अप्टिनेट सोलुसनले आईएमई कर्पोरेटिभलाई हराउँदै तेस्रो स्थान हासिल गर्यो।
विजेता सीजी कम्युनिकेसन, दोस्रो भएको नेपाल डिजिटल सर्भिस, र तेस्रो स्थान प्राप्त गरेको अप्टिनेट सोलुसनले क्रमशः नगद राशी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए।
उत्कृष्ट खेलाडीमा धिरज बास्कोटा (अप्टिनेट सोलुसन) बाट र उत्कृष्ट गोलकिपर लोकेन्द्र तामाङ (सीजी कम्युनिकसेन)बाट चयन भए। समापन समारोहमा डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले पुरस्कार वितरण गर्नुभएको थियाे।







प्रतिक्रिया