अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डिशहोमका ग्राहकलाई हाई फ्युचर ग्याजेटमा ५० प्रतिशतसम्मको छुट

डिशहोमका ग्राहकलाई हाई फ्युचर ग्याजेटमा ५० प्रतिशतसम्मको छुट


काठमाडौं-नेपालको अग्रणी इन्टरनेट तथा टिभी सेवा प्रदायक डिशहोमले आफ्ना ग्राहकहरूका लागि प्रविधिमैत्री जीवनशैलीमा अझ नजिक ल्याउने लक्ष्यसहित आकर्षक योजना सार्वजनिक गरेको छ। डिशहोमले ल्यानिज हबसँग सहकार्य गर्दै विश्वप्रसिद्ध ‘हाई फ्युचर’ ब्रान्डका ग्याजेटहरूमा ५० प्रतिशतसम्मको छुट दिने घोषणा गरेको हो।

अब ग्राहकहरूले डिशहोमका सेवा लिएर उच्च गुणस्तरका ग्याजेटहरू अर्धमूल्यमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यो विशेष छुट प्राप्त गर्न ग्राहकहरूले डिशहोमको इन्टरनेट वा टिभी सेवा न्यूनतम ३, ६, १२ वा २४ महिनाका लागि सब्स्क्राइब वा रिचार्ज गर्नुपर्नेछ। यो प्रक्रिया पूरा गरेपछि ग्राहकहरूले आधा मूल्यमा हाई फ्युचरका स्मार्ट ग्याजेटहरू खरिद गर्न पाउने छन्।

यस योजनामा समावेश गरिएका ग्याजेटहरू यस्ता छन्:

  • सोनिक एयर एयरबड: अब केवल रु. १,७४९ (बजार खुद्रा मूल्य: रु. ३,४९९)
  • जोन २ स्मार्टवाच: अब केवल रु. २,७४९ (बजार खुद्रा मूल्य: रु. ५,४९९)
  • भोकल स्पिकर: अब केवल रु. ४,४९९ (बजार खुद्रा मूल्य: रु. ८,९९९)

सोनिक एयर एयरबडको बजार मूल्य ३ हजार ४९९ रहेकोमा अब १ हजार ७ सय ४९ रुपैयाँमै पाउन सकिने छ। यस्तै, जोन २ स्मार्टवाचको बजार मूल्य ५ हजार ४९९ रहेकोमा अब २ हजार ७४९ रुपैयाँ तथा भोकल स्पिकरको बजार मूल्य ८ हजार ९९९ रहेकोमा अब ४ हजार ४ सय ९९ रुपैयाँमै खरिद गर्न पाउनेछन्।

डिशहोमले भनेको छ, ‘ल्यानिज हबसँगको सहकार्यमार्फत हामीले विश्वस्तरीय हाई फ्युचर उत्पादनहरू नेपाली ग्राहकहरूका लागि किफायती मूल्यमा उपलब्ध गराउन पाएका छौं। यो केवल अफर होइन, डिजिटल जीवनशैलीलाई आत्मसात गर्ने एउटा अवसर हो।’ 

कम्पनीका अनुसार यो योजना डिशहोमका नयाँ तथा पुराना दुवै ग्राहकका लागि लागू हुनेछ। यसका साथै, खरिदमा थप १५ प्रतिशत छुट पाउनका लागि प्रोमो कोड ‘CHILLFI15’  प्रयोग गर्न सकिने पनि कम्पनीले जनाएको छ।

यो अफर आजैदेखि लागू भएको र इच्छुक ग्राहकहरूले डिशहोमको आधिकारिक वेबसाइटमार्फत सिधै अर्डर गर्न सक्नेछन्।

डिशहोमले केवल इन्टरनेट र टिभी सेवा मात्रै होइन, ग्राहकको दैनिक जीवनशैलीलाई स्मार्ट र सजिलो बनाउन प्रिमियम एक्सेसोरीहरू पनि ल्याउँदै आएको छ।