अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विधान महाधिवेशनमा रचनात्मक र सकारात्मक भूमिका खेल्न प्रधानमन्त्री ओलीको निर्देशन

विधान महाधिवेशनमा रचनात्मक र सकारात्मक भूमिका खेल्न प्रधानमन्त्री ओलीको निर्देशन

एमालेले बढायो १५ प्रतिशत पार्टी सदस्यता



काठमाडौँ-प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान निर्माण गर्ने काममा पार्टीको नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिनुभएको छ।

ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आज बसेकाे पार्टीको पोलिटव्युरो बैठकमा प्रधानमन्त्री ओलीले अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकार र विधानका बारेमा बोल्नु बोल्दै अहिले पार्टीको मुख्य काम विधान महाधिवेशन र विधि निर्माण काम भएकोले नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिनुभएकाे हाे।

यस्तै पोलिटव्युरो बैठकमा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव शङ्कर पोखरेलको पार्टीको सङ्गठनात्मक क्षेत्र बलियो बन्दै गइरहेको बताउनुभयाे। उहाँले पार्टी संगठित सदस्य १५ प्रतिशतले बढेको जानकारी गराउनु भयो।

‘अहिलेको पार्टी सदस्यता, नविकरण हेर्दा खेरी झण्डै १५ प्रतिशत बढेको छ, तथ्याङ्क आउने क्रम जारी छ। सवै तथ्याङ्क आएपछि सार्वजनिक गर्दछ, ‘महासचिव पोखरेलले भन्नुभयो, ‘पार्टी संगठति सदस्य बढेकोमा हामी उत्साही भएका छौं।’

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावमाथि आज सात जनाले आआफ्नो धारणा राख्नुभएको छ।

लालबाबु पण्डित, डा. राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ्, शेरधन राई, खगराज अधिकारी र कर्णवहादुर थापाले बोल्नु भएको थियो। भोलि अन्य पोलिटव्युरो सदस्य बोल्ने तयारी रहेको छ।

विधान संशोधन प्रस्तावमा पार्टीको विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्याकाल व्यवस्था हटाउने राखिएको छ।

यस्तै विधान संशोधन प्रस्तावमा पदाधिकारी सङ्ख्या १५ जना सहित केन्द्रीय कमिटीको सङ्ख्या २५१ रहने राखिएको छ।
यस्तै विधान संशोधन प्रस्तावमा स्थायी कमिटी, पोलिटव्युरो कमिटी र केन्द्रीय कमिटी गरि तीन तह रहने व्यवस्था गरिएको छ।
यस्तै विधान संशोधन प्रस्तावमा पार्टीको पदाधिकारी सङ्ख्यालाई स्थायी कमिटी मान्ने निर्णय गरिएको छ। यसअघि पदाधिकारीलाई सचिवालय सदस्यको रुपमा मानिएको थियो।

बैठकले पार्टीमा सदस्य र सङ्गठित सदस्य गरी दुई खालका सदस्य हुने प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो। जनसङ्गठनमा आवद्ध रहेका सदस्यलाई खारिदै आएपछि पार्टीले प्रशिक्षित गरेपछि मात्र सङ्गठित सदस्य रहने छन्।

यस्तै आज पोलिटव्युरो केन्द्रीय सदस्यले बोल्ने क्रम नसकिएकोले भोलि विहान ११ बजे बस्ने बैठकमा बोल्ने छन्। बैठक च्यासलस्थित पार्टी कार्यालयमा बस्ने छ।