काठमाडौँ-नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम एप तत्काल बन्द गर्न इन्टरनेट सेवाप्रदायकहरुलाई निर्देशन दिएको छ।शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले उक्त निर्देशन दिएको हो।
पछिल्लो समय टेलिग्राममार्फत अनलाइन ठगी र मनी लाउण्डरिङ्ग जस्ता गम्भीर प्रकृतिका अपराध बढेको भन्दै प्राधिकरणले यस्तो कदम चालेको हो।
सूचनामा भनिएको छ, ‘नेपालमा सञ्चालनमा रहेको टेलिग्राम एपमार्फत् मार्फत अनलाइन ठगीको सङ्ख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ्ग जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकोले उक्त टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई यसै सूचना मार्फत निर्देशन गरिएको छ।’
यो निर्देशनपछि अब नेपाल टेलिकम, एनसेल लगायत मोबाइल डाटा सेवा प्रदायक कम्पनी तथा इन्टरनेट सेवा प्रदायकहरूले आफ्नो नेटवर्कबाट टेलिग्राम चल्न नमिल्ने बनाउनुपर्नेछ । यो निर्णयसँगै अब नेपाली प्रयोगकर्ताहरूले सामान्य तरिकाले टेलिग्राम प्रयोग गर्न पाउने छैनन् ।








प्रतिक्रिया