अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोलिटव्यूरो पछि एमालेका महासचिव सहित तीन नेताको भनाइ: पार्टी थप एकताबद्ध हुने आधार तय भयो

पोलिटव्यूरो पछि एमालेका महासचिव सहित तीन नेताको भनाइ: पार्टी थप एकताबद्ध हुने आधार तय भयो


काठमाडौं- नेकपा एमालेका नेताहरुले पोलिटव्यूरोको बैठकले पार्टीलाई थप एकताबद्ध बनाएर लैजाने संकल्प गरेको बताउनुभएको छ।

महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवाली र स्थायी कमिटी सदस्य एवं पार्टीको बागमती प्रदेशका इन्चार्ज डा.राजन भट्टराईले बैठकपछि सामासजक सञ्जालमा आफ्ना धारणा राख्दै यस्तो बताउनुभएको हो।

महासचिव पोखरेलले ‘वादे वादे जायते तत्व बोध’ शिर्षकमा फेसबुकमा लेख्दै पार्टीको सचिवालय बैठकले प्रष्तुत गरेको विधान संसोधनको प्रस्तावलाई पोलिटव्यूरो बैठकले सर्वसम्मत रुपमा स्विकारेको उल्लेख गर्नुभएको छ । महासचिव पोखरेलले पर्सी पाँच गते बस्ने केन्द्रीय कमिटीको बैठकमा यी प्रस्तावहरु पेश गरिने उहाँले लेख्नुभएको छ । महासचिव पोखरेलले सचिवालय र पोलिटव्यूरोका बैठकले पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढाउने संकल्प गरेको उल्लेख गर्नुभएको छ ।
उपमहासचिव प्रदिप ज्ञवालीले बैठकको समग्र परिदृष्यको चर्चा गर्दै विधानको बहसका विषयमा चौथो पोलिटव्यूरो बैठक ‘कट अफ बैठक’का रुपमा रहेको उल्लेख गर्नुभएको छ । उहाँले सचिवालयले विधान संसोधनका लागि पेश गरेको प्रस्ताव पोलिटव्यूरो बैठकले महत्वपूर्ण सुझाव,टिप्पणी र रायसहित प्रष्तुत गरेको बताउनुभएको छ ।
ज्ञवालीले बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेका धारणाहरु पनि सार्वजनिक गर्नुभएको छ । ‘पार्टी जीवनको लोकतान्त्रिकरणलाई सुविधा अनुसार खास बुँदामा होइन समष्टिमा बुझनु पर्ने,पार्टीको सुदृढ एकता र त्यसको बलमा पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउदै समृद्धि नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्नु आफ्नो एकमात्र उद्धेश्य रहेको बताउनुभएको छ ’ प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
२०७८ असोजमा भएको विधान महाधिवेशन र सोही वर्षको मंसिरमा भएको दशौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानका बारेमा सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जाल मा भइरहेका भ्रामक प्रचारलाई बैठकले खारेज गरेको ज्ञवालीले उल्लेख गर्नुभएको छ ।ज्ञवालीले लेख्नु भएको छ ‘यस बैठकलाई कट अफ बैठकका रुपमा लिने र सिंगो पार्टी भावनात्मक एकताका साथ अगाडी बढ्ने संकल्प पनि बैठकले गरेको छ ।’
स्थायी कमिटी सदस्य भट्टराईले पूर्व राष्ट्रप्रमुखलाई राजनीतिमा पुन संलग्न हुने विषयलाई लिएर एमालेभित्र भाँडभैली मच्चाउने तत्वहरुलाई पोलिटव्यूरो बैठकले निराश पारेको बताउनुभएको छ । ‘यो बैठकले पार्टी एकताप्रति गहिरो प्रतिवद्धता जनाउदै आगामी दिनहरुमा पार्टी अझ एकताबद्ध र सुदृढ भएर अघि बढ्ने मार्ग चित्र पनि प्रष्तुत गरेको छ’ भट्टराईले लेख्नु भएको छ ।