काठमाडौं – पर्वतमा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जना बेपत्ता भएका छन् ।
मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा एकतले घर पुरिंदा एक दम्पती पुरिएर बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती रहेको वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
क्षेत्रीका अनुसार बुहारी ३२ वर्षीया पवित्राले हाम फालेर ज्यान जोगाउनुभएको छ ।






प्रतिक्रिया