काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुग्रनुभएकाे छ।
प्रधानमन्त्री ओलीलाई भेट्न पूर्व राष्ट्रपति भण्डारी एमालेको पार्टी कार्यालय च्यासल पुग्रनुभएकाे हाे।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।
एमाले पोलिटब्युरो बैठकले शनिबार परिमार्जनसहित पार्टीको विधान मस्यौदालाई अनुमोदन गरेको छ। पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय र उहाँको सक्रिय राजनीतिमा आउने विषयलाई लिएर पार्टीको बैठकमा गम्भीर छलफल भएपछि उहाँले एमाले अध्यक्षसँग भेट गर्नुभएको हो। आगामी केन्द्रीय कार्य समितिको बैठकले सो विषयलाई छलफलसहित अनुमोदन गर्ने नेताहरुको भनाइ छ।






प्रतिक्रिया