काठमाडौं-प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएकाे छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भर्खरै प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता सुरु भएको हाे।
पूर्व राष्ट्रपति भण्डारीले एमालेको पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गर्नुभएसँगै पार्टीका उच्चस्तरीय नेतासँगको भेट तीव्र बनाउनुभएको छ।
पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि एमालेको हालैको सचिलालय र पोलिटब्युरो बैठकमा यस विषयमा छलफल भएको थियो।
अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले आफ्नो घोषणाअघि पार्टीसँग कुनै छलफल नगरेको बताउँदै आउनुभएको छ। एमालेको शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा अधिकांश सदस्यहरूले गरिमामय पदमा रहिसकेको पूर्वराष्ट्रपति पार्टीको सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका थिए । एमालेको केन्द्रीय कमिटीको बैठक सोमबारदेखि बस्दैछ ।









प्रतिक्रिया