अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रूपन्देही-३ को उपचुनाव: उम्मेदवारी दर्ता असोज २१ गते

रूपन्देही-३ को उपचुनाव: उम्मेदवारी दर्ता असोज २१ गते


काठमाडौँ-निर्वाचन आयोगले रूपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा आउँदो कात्तिक १७ गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ।

आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित गरिनेछ।

त्यस्तै उम्मेदवारको विरोधमा उजुरी दिने अवधि असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ। उजुरीको जाँचबुझ र निर्णय असोज २२ गते दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म हुनेछ। अन्तिम उम्मेदवारको नामावली असोज २३ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म प्रकाशित गरिनेछ।

रूपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का सांसद दीपक बोहराको निधनपछि प्रतिनिधि सभा सदस्यको पद रिक्त भएको थियो। रिक्त पदपुर्ति गर्न कार्तिक १७ गते उपचुनाव हुँदैछ।