काठमाडौं-प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता सकिएको छ।
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच नेकपा एमाले मुख्यालय च्यासलमा एक्लाएक्लै भेटवार्ता भएको थियो।
छलफलका लागि पूर्वराष्ट्रपति भण्डारी करिब साढे ३ बजेतिर एमाले केन्द्रीय कार्यालय च्यासल पुग्नभएकाे थियाे। प्रधानमन्त्री ओली भने करिब ४ बजेतिर कार्यालय पुग्नुभएपछि उहाँहरूबीचको एक्लाएक्लै छलफल सुरु भएको थियो।
उहाँहरूबीच पछिल्लो समसामयिक विषयमै केन्द्रित रहेर छलफल भएको बुझिएको छ। यद्यपि, छलफलको विषय बाहिर आएको छैन।
दुई दिनसम्म चलेको एमाले पोलिटब्युरो बैठकमा भण्डारीको राजनीतिमा आगमनबारे देखिएको विवाद समाधान गर्न अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी आपसमा बस्नुपर्ने सुझाव धेरै पोलिटब्युरो सदस्यले दिएका थिए।
बैठकमा प्राप्त सुझावलाई ख्याल गर्दै अध्यक्ष ओलीले बैठकमा आफूले भण्डारीसँग भेट्ने बताउनुभएकाे थियाे। ५ गते बस्न लागेको केन्द्रीय कमिटी बैठक अघि नै यसलाई टुंग्याउनुपर्ने ‘म्यान्डेट’ अनुसार प्रधानमन्त्री ओलीले भण्डारीसँग छलफल गर्नुभएकाे हाे।








प्रतिक्रिया