अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कलाकारसँग सभामुख घिमिरेको अन्तरक्रिया

कलाकारसँग सभामुख घिमिरेको अन्तरक्रिया


काठमाडौँ-जनामा सञ्चालित पहिलो अन्तरराष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’का कलाकारसँग अन्तरक्रिया गर्नुभएको छ।

कार्यक्रममा सभामुख घिमिरेले ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’जस्ता सांस्कृतिक कार्यक्रमले विश्वभर छरिएका नेपाली समुदायका कला, संस्कृति र प्रतिभालाई अन्तरराष्ट्रियस्तरमा उजागर गर्न महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, ‘यस्ता कार्यक्रमले नेपाली भाषा, संस्कार र सङ्गीतलाई प्रवास मात्र होइन, विश्व मञ्चमा पनि पहिचान दिलाउने अवसर प्रदान गरेका छन्।’ नयाँ पुस्तामा नेपाली भाषा र सांस्कृतिक गर्वको भावना जागृत गराउन यस्ता सिर्जनात्मक प्रयास प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘प्रवासमा रहेका नेपालीको सामाजिक एकता, सांस्कृतिक संरक्षण र मुलुकको विकासमा हुने योगदानको उच्च मूल्याङ्कन गर्नुपर्छ।’

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका कार्यकारी निर्देशक चुणामणि भट्टराईले दक्षिण अफ्रिका र अन्टार्कटिकाबाहेक संसारभरका नेपालीहरू यस अभियानसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘करिब ६० मुलुकका नेपालीले यसमा योगदान गरेका छन्। तेइस मुलुकका नेपाली मूलका कलाकार नेपाल आउनुभएको थियो । अहिले पनि ७ मुलुकका कलाकार उत्कृष्ट १० भित्र छनोट भएका छन्।’

सार्वजनिक सेवा प्रसारण संस्था ९पीएसबी० का सञ्चालक सदस्य फुलमान बलले दुवै रियालिटी शोले सांस्कृतिक र राष्ट्रियताबीचको सम्बन्धलाई जोड्न सफल भएको बताउनुभयो ।

इन्ट्रा फाउण्डेसनका नेपाल च्याप्टर अध्यक्ष बाबुकृष्ण कार्कीले दुवै रियालिटी शोमार्फत विश्वभर रहेका नेपाली समुदायका कला, प्रतिभा र सांस्कृतिक सम्पदालाई अन्तरर्राष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यमा सफलता प्राप्त गरेको बताउनुभयो ।

कार्यक्रममा दुवै रियालिटी शोमा उत्कृष्ट १० मा पर्न सफल कलाकार, प्रशिक्षक, कोरियोग्राफरलगायत ४० भन्दा बढी प्रतिनिधि सहभागी हुनुहुन्थ्यो।

–––