काठमाडौं-काठमाडौँको तारकेश्वरमा एक जना महिलाको शव भेटिएको छ। तारकेश्वर नगरपालिका वडा नम्बर–८ स्थित पिपलडाँडा खेल मैदानमा बारमा झुण्डिएको अवस्थामा शव भेटिएको हो।
मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे हाे । घटनास्थलमा मोबाइल पनि भेटिएको छ। मृतकले कालो कपडा, कालो झोला र कालो जुत्ता लगाएकी छन् ।







प्रतिक्रिया