अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको बैठकमा गण्डकीबाट केन्द्रीय सदस्यहरूको बोल्ने क्रम सुरु: राष्ट्रपति राजनीतिमा आउन नहुने धारणा

एमालेको बैठकमा गण्डकीबाट केन्द्रीय सदस्यहरूको बोल्ने क्रम सुरु: राष्ट्रपति राजनीतिमा आउन नहुने धारणा


काठमाडौं-नेकपा एमालेको जारी नवौं केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्न सुरु गरेका छन्।
बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यहरुले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेको विधान संसोधनका विषयमा धारणा राख्न सुरु गरेका हुन्।

बैठकमा बोलेका केन्द्रीय सदस्यहरु राजिव पहारी, पदम गीरी, रविन्द्र अधिकारी, सूर्य पाठक, रामशरण बस्नेत, इन्द्रलाल सापकोटा, प्रभा कोइराला, बालकृष्ण काउछा, तिलक महत, नवराज शर्मा र केदार सिग्देलले आफ्नो धारणा राख्नु भएके छ।

अहिलेसम्म धारणा राख्ने केन्द्रीय सदस्यहरुले पार्टी सचिवालय र पोलिटव्यूरोलेबाट सर्वसम्मत निर्णय भएर आएको विधान संसोधन प्रस्तावलाई समर्थन गरेका छन्। केन्द्रीय सदस्य सिग्देलले राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कनु राम्रो नभएको बताउनुभयो । केन्द्रीय सदस्य पहारीले एघारौं महाधिवेशनबाट पनि अध्यक्षमा केपी शर्मा ओलीलाई नै बनाउन सबै केन्द्रीय सदस्यलाई आहवन गर्नुभयो। पहारीले मिसन ०८४ अध्यक्ष ओलीको नेतृत्वमा गएर एमालेले बहुमत ल्याउनु पर्ने बताउनुभएको छ।

आज देखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्न चाहने केन्द्रीय सदस्यलाई ३ मिनेटको समय दिइएको छ। आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दोसो विधान महाधिवेशनमा प्रष्तुत हुने राजनीतिक प्रतिवेदनको अवधारणा सहित समसामयिक विषयमा सम्बोधन गर्नुभयो।

उपाध्यक्ष एवं विधास संसोधन समितीको संयोजक विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्तव प्रष्तुत गर्नुभयो। महासचिव शंकर पोखरेलले विधान महाधिवेशनमा प्रष्तुत गरिने संगठनात्मक प्रस्तावका सन्दर्भमा प्रकाश पार्नुभएको थियो।