अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?

तीन संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?


काठमाडौँ-आज तीनवटा संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ। कानुन, न्याय तथा मानव अधिकार समितिको  बैठक दिउँसो १ बजे बस्नेछ। बैठक ‘विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग’ छलफल गर्ने कार्यसूची रहेको छ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिमा ‘वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्थाका सम्बन्धमा’ छलफल गर्ने कार्यसूची छ। बैठक बिहान साढे ११ बजे बस्नेछ।

यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे बस्नेछ। बैठकमा ‘मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल’ गर्ने कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ।