अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ठमेलबाट दुई किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

ठमेलबाट दुई किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ


 काठमाडौं- प्रहरीले काठमाडौंकाे ठमेलबाट दुई केजी सुन र २४ लाख नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलस्थित एक होटलबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन्।

ज्याठास्थित चिनियाँ नामको होटलबाट सोमबार साँझ उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट २ केजी सुन र २४ लाख नगद बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले पुष्टि गरे ।

चुनलिन थान डेढ महिनाअघि काठमाडौँमा आएर ठमेलस्थित होटलमा बसेका थिए। चोउ चाहिँ केही दिनअघि मात्र काठमाडाैँ आएको प्रहरीले जानकारी दिए।

उनीहरू दुई जना प्रेमी प्रेमिका हुन् । सोमबार राति पक्राउ परेका आरोपीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने प्रहरीको तयारी छ ।