काठमाडौं-नेकपा एमालेको जारी केन्द्रीय कमिटीमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ। अहिले कर्णाली प्रदेशका केन्द्रीय सदस्यहरुले आफ्ना धारणाहरु राखिरहेका छन्। यसै क्रममा केन्द्रीय सदस्य मोहनमाया ढकालले केपी शर्मा ओलीले नेतृत्व गरेपछि पार्टीको पहिचान बदलिएको बताउनुभयो। उहाँले २०५६ देखि २०७० सम्मको राजनीतिक संक्रमणको समयमा एमालेको नेतृत्वले सही निर्णय गर्न नसक्दा पार्टी कमजोर भएको स्मरण गर्नुभयो। उहाँले २०७१ मा भएको नवौं महाधिवेशनपछि ओली नेतृत्वमा आएपछि एमालेले राष्ट्रिय राजनीतिलाई नै नेतृत्व गरेको बताउनुभयो।

उहाँले २०७२ का नाकाबन्दीमा केपी ओलीले प्रधानमन्त्रीका रुपमा लिएको अडान र राष्ट्रवादी छविले एमालेलाई चुनावमा उल्लेख्य सफलता प्रदान गरेको बताउनुभयो। २०७७ मा एमले चोइटिएको, नेपाली कांग्रेस माओवादीको गठबन्धनका बाबजुरत पनि ओली नेतृत्वकै कारण स्थानीय, प्रदेश र संघमा उल्लख्य सफलता हासिल भएकै कारण अहिले पनि सरकारको नेतृत्व एमालेले गरिरहेको बताउनुभयो। उहाँले एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउन र राष्ट्रिय शक्तिको रुपमा विकास गर्नका लागि पनि आगामी ओलीको नेतृत्वको निरन्तरता आवश्यक रहेको बताउनुभयो। राजनीतिक नेतृत्व उमेरका कारण भन्दा क्षमता र दलको आवश्यकतामा निर्भर हुने भएकोले सचिवालय र पोलिटव्यूरोले प्रस्ताव गरेको उमेर हद हटाउने निर्णय स्वागतयोग्य भएको बताउनु भयो।

जारी बैठक आजै सक्ने तयारी छ। तर अझै ६० जना भन्दा केन्द्रीय सदस्यहरु बोल्ने पालो पर्खिएर बसेका छन् । उनीहरुलाई बोल्नका लागि तीन मिनेटको समय उपलब्ध गराइएको छ।







प्रतिक्रिया