अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटी बैठक : पूर्वराष्ट्रपतिलाई उच्च सम्मान,सक्रिय राजनीतिमा आउन नमिल्ने ठहर

एमाले केन्द्रीय कमिटी बैठक : पूर्वराष्ट्रपतिलाई उच्च सम्मान,सक्रिय राजनीतिमा आउन नमिल्ने ठहर


काठमाडौं – नेकपा (एमाले)ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नविकरण नगर्ने निर्णय सहित राजनीतिमा आउन नमिल्ने निर्णय गरेको छ ।
ललितपुर च्यासलस्थित एमाले मुख्यालयमा दुई दिनसम्म बसेको केन्द्रीय कमिटी बैठकले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता नविकरण नगर्ने निर्णय गरेको बैठकपछि पत्रकारसम्मेलनमा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
“पूर्व राष्ट्रपति भण्डारी मुलुकको सर्वोच्च तहमा पुगेको, गणतन्त्रको प्रतिकका रुपमा, मुलुकको अभियावक राजनीतिक दलको नेता हुने कुरा हाम्रो मुल्यमान्यता अनुसार राम्रो हुँदैन” उहाँले भन्नुभयो, “पूर्व राष्ट्रपतिलाई पार्टीले दिने सम्मानमा कुनै कमि गर्न हुँदैन । उहाँ राजनीतिमा आउनु हुँदैन । सम्भव हुँदैन । यसले हाम्रो मान्यता विग्रिन्छ । जनता, प्रणाली व्यवस्थामा जनता, प्रणाली व्यवस्थामा असर पर्दछ । गलत असर पर्दछ । पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीले उच्च सम्मान गर्ने छ ।”
नेपाली सेनाको परमाधिपति संविधान अनुसार राजनीतिमा आउन नहुने भन्दै पार्टीले सक्रिय राजनीतिमा आउन नदिने निर्णय गरेको गौतमले जानकारी दिनुभयो ।

पूर्व राष्ट्रपतिको पार्टी सदस्यता नविकरण र पार्टीमा प्रवेश गर्ने कुरालाई अधिकांश केन्द्रीय सदस्यले उठाएको पनि जानकारी दिनुभयो । ‘नेपालको संविधानको भाग–६ र धारा–६१ मा राष्ट्रपतिको व्यवस्था गरिएको छ । धारा–६१ को २ मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने छ भन्ने कुरा सुनिश्चित गरिएको छ । ६१ को ३ मा राष्ट्रिय एकताको प्रतीक हुने छ भनिएको छ । धारा–६१ को ४ मा संविधानको पालक र संरक्षक हुने व्यवस्था गरिएको छ,’ उहाँले भन्नुभयो, ‘यस हिसावले राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर संविधानमा उल्लेख छ । यसका अतिरिक्त संविधानको भाग–२८ धारा २६७ को २ मा राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुनेछ भनिएको विषयलाई आधार मान्दै अधिकांश केन्द्रीय सदस्यले राष्ट्राध्यक्ष भैसकेको व्यक्ति कुनै दलमा आउने कि नआउने भन्ने विषय प्राविधिक विषय होइन र यो पार्टी विशेषको विषय पनि होइन । यो महत्वपूर्ण राजनीतिक विषय हो । यसले भोलि जनतामा, प्रणालीमा, व्यवस्थामा के प्रभाव पार्छ यो सबै संविधानको भावनामा कस्तो नजिर र अभ्यास हुन्छ भन्ने विषयमा पार्टीले स्पष्ट एउटा स्पष्ट राजनीतिक निर्णय गर्नुपर्छ भन्ने मत अधिकांश केन्द्रीय सदस्यको मत छ ।’