अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्नुहुँदै

प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्नुहुँदै


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकलाई विशेष सम्बोधन गर्दै हुनुहुन्छ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज दिउँसो १ः०० बजे बस्ने बैठकमा विशेष सम्बोधन गर्नुहुने नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले राससलाई जानकारी दिनुभयो। सरकारले एक वर्षमा गरेका प्रमुख उपलब्धि, आगामी प्राथमिकता तथा सङ्घीय संसद्मा प्रमुख प्रतिपक्षी दललगायतका विपक्षी दलबाट उठाइएकालगायत समसामयिक विषयवस्तुमा केन्द्रित रही उहाँले सम्बोधन गर्नुहुनेछ।

संसद्को नियमित कार्यसूचीअन्तर्गत प्रतिनिधिसभा नियमावलीबमोजिम सांसदहरूले सोध्नुभएको प्रश्नको समेत प्रधानमन्त्री ओलीले आजै जवाफ दिनुहुने कार्यक्रम यसअघि नै तय भएको संसद् सचिवालयले जनाएको छ।