काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदय दिपक कार्कीले केपी ओलीको नेतृत्वमा मात्र एमालेले मौलिक पहिचान पाएको बताउनुभएको छ ।
केन्द्रीय कमिटीको बैठकमा आफ्ना धारणा राख्दै कार्कीले केपी ओलीको नेतृत्व हुँदा र नहुँदाको फरक बुझ्न २०६४ को संविधानसभा र २०७० को संविधानसभाको समयलाई सम्झनु पर्ने उहाँले बताउनुभयो । झापाबाट प्रतिनिधित्व गर्नुभएका कार्कीले एउटा व्यक्ति संविधानसभामा नहुँदा संविधान पनि बनेन संविधानसभाले आफूलाई पनि जोगाएन । २०७० मा त्यही व्यक्ति संविधानसभा छिरेपछि संविधान पनि बन्यो,एमालेको परिचय पनि परिवर्तन भयो । कार्कीले भन्नुभयो हामीले सुनेकै हौं त्यतिबेलाको नेतृत्वको असक्षताले एमालेलाई लिंग पहिचान नभएको पार्टी भन्थे । यो अपमान हामीले धेरै सहनु पर्यो । तर नवौं महाधिवेशनपछि स्थिती बदलियो । केपी ओली अध्यक्ष हुनुभयो । पार्टीले हरेक एजेण्डामा अडान राख्यो एमाले कार्यकर्ताको मनोबल उच्च भयो ।
कार्कीले अहिले नेतृत्वमा बहस गर्नुपर्ने बेला नभएको बताउनुभयो । केपी ओलीको नेतृत्वबाट नै मिसन ०८४ सफल हुने दाबी उहाँले गर्नुभएको छ । कार्कीले पार्टी सचिवालय र पोलिटव्यूरोले प्रस्ताव गरेको विधान संसोधनलाई स्विकार गरेर जान सबैलाई आह्वान गर्नुभएको छ ।






प्रतिक्रिया