काठमाडौं-नेकपा एमालेमा महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्या भण्डारीको एमाले पार्टी सदस्यता स्वतः निष्क्रिय भएको बताउनुभएकाे छ।
पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भण्डारीको सदस्यता नवीकरणको विषयलाई स्थगित गरेको बताउनु भएकाे हाे।
महासचिव पोखरेलले भन्नुभयाे, ‘पूर्वराष्ट्रपति आफैले त्यसबारे सार्वजनिक गरेपछि पार्टीले त्यसबारे भन्नुपर्दथ्यो। त्यस अर्थमा हामीले हिजोको बैठकबाट एउटा निष्कर्ष निकालेका छौँ। उहाँको जे भूमिका मुलुकका लागि आवश्यक ठानिएको छ। त्यो परिप्रेक्षमा पार्टी राजनीतिमा फर्किनु उचित हुँदैन भन्ने निष्कर्ष निकालीसकेपछि सदस्यताको विषय स्वतः निष्क्रिय भएको छ।’
पूर्वराष्ट्रपतिको फरक भूमिकाको केन्द्रीय कमिटीले नै महसुस गरेकाले भण्डारीलाई पार्टी सदस्य बनाउन नचाहेको महासचिव पोखरेललेको भनाइ छ।
‘सदस्यता नवीकरणको विषयमा पार्टी विधानका हिसाबले पनि हामीले नवीकरण गर्ने कि नगर्ने भन्ने विषय केन्द्रीय कमिटीको विषय बन्नुपर्दथ्यो। हाम्रो मान्यता त्यही थियो,’ महासचिव पोखरेलले भन्नुभयाे, ‘केन्द्रीय कमिटीले नै उहाँको फक भूमिकालाई आवश्यक ठानेपछि उहाँको सदस्यतालाई आवश्यक ठानेनौँ।’
महासचिव पोखरेलले सभामुख राजनीतिक जिम्मेवारी भएको जिकिर गर्दै पूर्वराष्ट्रपतिसँग जोडेर हेर्न नमिल्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘संविधानले सभामुखको हकमा प्रतिनिधि सभाको सदस्य कायम हुनुपर्ने भन्छ। तर राष्ट्रिपति भएपछि प्रतिनिधि सभा सदस्यबाट पनि राजीनामा दिनुपर्छ ।’






प्रतिक्रिया